बिहीबार, वैशाख १३, २०८१

यस कारण चिलाउँछ लामखुट्टेले टोक्दा

नेपालखोज २०७६ असोज ९ गते १३:४२

पछिल्लो समयमा लामखुट्टेको टोकाइका कारण देखिएका नयाँ नयाँ रोगका कारण लामखुट्टेको चर्चा बढी थालेको छ । लामखुट्टेले विभिन्न रोग फैलाउने त छँदैछ यसबाहेक यसको टोकाईपछि हुने चिलाई झनै दिक्कलाग्दो पक्ष हो । लामखुट्टेले टोक्दा शरिरको बाह्य छाला छेड्छ र परालको त्यान्द्रो जस्तो उसको मुख वा सुँडले रगत चुस्छ ।

यस प्रक्रियामा लामखुट्टेले आफ्नो थुक जस्तो पर्दाथ (स्लाभिया) टोकेको ठाँउमा फालिदिन्छ । लामखुट्टेको थुक वा ¥यालमा एक प्रकारको औषधि हुन्छ जसले टोकेको वरपरको रगत जम्नबाट रोक्छ र झिंगालाई नियन्त्रणमा लिन्छ ।

‘प्रतिरोधी प्रणालीले लामखुट्टेको थुकको प्रोटिनलाई नयाँ चीजको रुपमा पहिचान गर्छ र हिस्टामाइन नामक तत्व निस्काशन गर्छ,’ युनिर्भसिटी अफ फलोरिडाका प्राध्यापक भेरो बिच भन्छन् । यही हिस्टामाइनको प्रतिकृयाले शरिरमा चिलाउने उनी बताउँछन् । हिस्टामाइनले टोकेको ठाउँको रगत नलीलाई ठूलो र टोकेको ठाँउमा सुनिएको देखाउँछ ।

सबै मानिसले लामखुट्टेको टोकाईप्रति प्रतिकृया जनाउँदैनन् । कतिपय वयस्यकले यसको खासै प्रतिकृया जनाउँदैनन् । आफूलाई टोकिएकोबारेमा समेत उनीहरुले थाहा पाउँदैनन् । ‘कतिपय बयस्क आफ्नो घरवरपरको लामखुट्टेप्रति बानी परेका हुन्छन् । तसर्थ लामखुट्टेले टोक्दा बालबालिकाले जस्तै प्रतिकृया जनाउदैनन्’ उनी भन्छन् ।

जिका फैलाउने एइडेस लामखुट्टेले दिउसोभर अन्य खानेकुरा खाने र बिहान सबेरै तथा साँझमा टोक्ने उनी बताउँछन् । तर उनीहरुको टोकाइबाट कुनै प्रतिकृया हुँदैन । जीका प्रभावित मुलुकहरुमा लामखुट्टेको टोकाइबाट बच्न गर्भवती महिलालाई लामो बाहुला भएका लुगा र पाइन्ट लगाउन प्रभावित देशका स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन् ।

‘एइडेस लामखुट्टेको टोकाईको चाल मानिसहरुले त्यति थाहा पाउदैनन् । किनकी यसले पछाडिबाट आएर मानिसको जोर्नी र आँखीभौमा टोक्ने गर्छ,’ अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम केन्द्रका प्रवक्ता बेन्जामिन हेन्स बताउँछन् । यो लामखुट्टे दिउसभर सक्रीय भए पनि प्रभावित क्षेत्रमा यसले राती पनि आक्रमण गर्छ । यसले विशेषगरी घरभित्र बस्ने मानिसलाई टोक्न रुचाउने उनी भन्छन् ।

बृद्ध हुदै गएपछि केही मानिस लामखुट्टेको टोकाईप्रति बढी सम्बेदनशिल हुने गरेको उनी बताउँछन् । लामखुट्टेको टोकाईले केही बृद्धबृद्धामा खतरनाक एलर्जी उत्पन्न हुने गरेका छन् । पोथी लामखुट्टेले मात्र टोक्ने गर्छ । उसले अन्डा पार्नका लागि टोकेको ठाँउमा निस्कने रगतबाट पोषक तत्व लिन्छ । — एजेन्सी

प्रतिक्रिया