शुक्रबार, चैत १६, २०८०

बिहान चाँडै उठ्नुस् यस्ता हुन्छन् फाइदाः

नेपालखोज २०७६ पुष ६ गते ७:४८

शारीरिक र मानसिक रूपमा स्वस्थ रहन बिहान चाँडै उठ्नु पर्छ । बिहानै उठ्दा डिप्रेसनको जोखिम कम हुन्छ ।

–बिहानै उठ्ने व्यक्तिले सफा र शुद्ध अक्सिजन लिन पाउँछ। जसले साससम्बन्धी समस्याबाट राहत दिन्छ ।

–बिहान व्यायाम गर्दा शरीरको रक्तसञ्चार बढ्छ । मुटु स्वस्थ रहन्छ र मुटुसम्बन्धी विभिन्न रोगको जोखिमबाट बच्न सकिन्छ ।

–सबेरै उठ्ने मानिसले विभिन्न मानसिक समस्याबाट छुटकारा पाउँछ । यस्ता व्यक्तिलाई डिप्रेसनको जोखिम कम हुन्छ ।

–बिहानै उठ्दा दिनभरि फ्रेस महसुस हुन्छ । काम गर्न मन लाग्छ ।

प्रतिक्रिया