बिहीबार, चैत १५, २०८०

आज सोमबार पशुपतिनाथको दर्शन गर्नुहोस । यस्तो छ तपाईको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ पुष १४ गते ६:३३

सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

आज १४ पौष २०७६ सोमवार को राशिफल

मेष
आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन
आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

सिंह
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

धनु
आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कुम्भ
अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । प्रेमीसंग मनमुटाव रहला । यात्रामा मालसामान हराउन सक्छ ।

बृष
आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कर्कट
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

कन्या
शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

बृश्चिक
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया