शुक्रबार, चैत १६, २०८०

विमानस्थल विस्तारको तयारी

नेपालखोज २०७६ पुष १७ गते १५:४६

१७ पुस, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिरकरणले पहाडी क्षेत्रका विमानस्थल विस्तार गर्ने भएको छ । नेपालमा विमानस्थल निर्माण तथा सञ्चालनको काम गरिरहेको हवाई क्षेत्रको नियमक प्राधिकरणले अहिले भएका कतिपय विमानस्थलको धावनमार्गको लम्बाई विस्तार गर्ने तयारी सुरु गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

अहिले अधिकांश पहाडी क्षेत्रका विमानस्थलको धावनमार्ग ६ सय मिटर रहेको छ । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार दीर्घकालिनरुपमा हवाई यातायातलाई सजिलो बनाउन ८ सय मिटर लामो धावनमार्ग बनाउने तयारी गरिएको हो ।

छोटो धावनमार्ग हुँदा उडान तथा अवतरणमा केही बाधा उत्पन्न हुदै आएको प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया