शुक्रबार, चैत १६, २०८०

आज बुधबार कृष्ण मन्दिरको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ पुष २३ गते ६:३७

‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

आज २३ पौष २०७६ बुधवार को राशिफल

मेष
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन
स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा सफलता मिल्नेछ ।

सिंह
रमणीय र सुखद् यात्राको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

तुला
आज यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।

धनु
महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनेछ ।

कुम्भ
आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ , तर कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।

कर्कट
कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । पुनर्मिलनको योगपनि रहेको छ ।

कन्या
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

बृश्चिक
साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

मकर
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

मीन
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया