मंगलबार, वैशाख ४, २०८१

अमलाको सेवनले यस्ता फाइदा गर्छ

नेपालखोज २०७६ माघ ८ गते ८:४५

अमलाको प्रयोग धेरै किसिमको औषधिका रुपमा प्रयोग हुन्छ । अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । चिकित्सकका अनुसार ३ वटा सुन्तलामाभन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ । अमलालाई सुख्खा चूर्णको रुपमा, अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

अमलाका औषधीय गुणहरु यस्ता छन्

१. खानाको रुची बढाउन
दिनको दुई–तीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

२.कब्जियत निको पार्न
अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा कब्जियतको समस्या निको हुन्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ अपच र कब्जियत निको हुन्छ ।

३.स्वास गन्हाउने रोक्न
अमलाको चूर्णले दाँत माझ्ने वा अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

४.चिलाउने समस्या
सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउने तथा चर्म रोग निको हुन्छन् । यसले छालाका रोग, रक्तनली र मुटुका रोग हुन दिँदैन । यसमा पाइने भीटामिन सी का कारण यस्ता रोगविरुद्ध प्रतिरक्षा गर्न अमला लाभदायी मानिन्छ ।

५.कपालको चाया हटाउन
हप्तामा एक दुई पटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई कपालको जरासम्म पुग्ने गरी मालिस गर्नाले चाया हट्ने गर्छ । अमला अर्थात त्रिफला चूर्ण भिजाएको पानीले नै टाउको धुनुपर्छ । यसो गर्नाले कपाल पनि लामो, चम्किलो र मजबुत हुन्छ ।

 

६.आँखाको दृष्टिशक्ति बढाउन
अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई खानाले आँखाको तेजिलो बनाउँछ । सुकेको अमला वा त्रिफलाको पानीले आँखा सफा गर्ने गरेमा पनि निकै फाइदा पुग्छ ।

प्रतिक्रिया