शुक्रबार, वैशाख ७, २०८१

वाग्मती प्रदेश खेलकूद विकास समितिका पदाधिकारीको शपथ ग्रहण सम्पन्न

नेपालखोज २०७६ माघ २१ गते १७:४५

हेटौँडा । वाग्मती प्रदेशका १३ जिल्लाका खेलकूद विकास समितिका पदाधिकारीको शपथ ग्रहण गरेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले सबै जिल्लाका खेलकूद विकास समितिका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।

सामाजिक विकास मन्त्री युवराज दुलालले खेल क्षेत्रका चुनौतीलाई अवसरमा परिणत गरेर काम गर्नुपर्ने बताउँदै प्रतिभाशाली खेलाडीलाई यस क्षेत्रमा आकर्षित गर्नुपर्छ भने। मन्त्री दुलालले राज्यले निश्चित खेललाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै दुई महिनाभित्र प्रथम प्रदेश खेलकूद प्रतियोगिता आयोजना गरिने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिए ।

प्रदेश खेलकूद विकास परिषद्ले गत माघ ७ गते १३ जिल्ला खेलकूद विकास समितिको अध्यक्ष र सदस्य चयन गरेको थियो । खेलकूद समितिमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था छ । उनीहरुको पदावधि पाँच वर्षको हुनेछ ।

प्रतिक्रिया