यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले गिरावट
नेपालखोज
२०७६ फागुन ११ गते ९:४८
कञ्चनपुर । आलु उत्पादनमा यो वर्ष ३० प्रतिशतले गिरावट आएको छ । हिउँदे झरी र डढुवा रोगको संक्रमणका कारण आलुको उत्पादनमा गिरावट आएको हो ।
व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले उत्पादनमा कमी आएपछि लागत खर्चसमेत उठाउन सकेका छैनन् । आलुका दाना लाग्ने बेलादेखि नै आलुका बोट मरेपछि आलुको उत्पादनमा कमी आएको कृषकहरूले बताएका छन् ।
व्यावसायिक रूपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका किसान लक्ष्मण थारूले १० कठ्ठा जग्गामा मुस्किलले एक बोरा मात्रै आलु उत्पादन भएको बताए । आलुका दाना लाग्नेक्रममै लगातार वर्षा भएपछि बोटहरू मर्न थालेको उनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया