राष्ट्रपति भण्डारीको स्वागतका लागि बैतडीमा सार्वजनिक बिदा
नेपालखोज
२०७६ फागुन १४ गते ९:०९
बैतडी । बैठडीको पाटन नगरपालिकाले बिहीवार भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीवार भोली एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।
उनले भने, ‘राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’ राष्ट्रपति भण्डारी बुधवारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा आउँदै छन् ।
उनले बिहीवार बैतडीस्थित त्रिपुरासुन्दरी भगवती दर्शन गर्ने कार्यक्रम रहेको छ भने पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया