मुटुमा आर्टलरी ब्लकेजको खतरा हुँदा देखिने लक्षण र यसको उपचार विधि
१.छातीको देब्रे भागमा हलुका वा तेज पीडा हुन्छ, कहिले कहीँ यस्तो पीडा काँध, हात वा दाँतहरुसम्म पुग्छ ।
२. अवरोधको कारणले शरीरका सबै भागहरुमा अक्सीजनयुक्त रगत पुग्न सक्दैन । यसले गर्दा स्वास लिन गाह्रो हुन्छ, निस्सासिने, बैचेनी बढ्ने, अनावश्यक थकान र कमजोरी हुने ।
३. बोली लरखराउने, आखाँमा अध्याँरो छाउने, पसिना आउने, हात खुट्टा चिसो हुने आदी प्रमुख लक्षण हुन् ।
यसको उपचार विधि
सामान्यतयः आर्टलरी ब्लकेज भएको आशंका हुँदा एंजियोग्राफीको माध्यमबाट अवरोध पत्ता लगाउन सकिन्छ । यदि अवरोध हलुका २० देखि ४५ प्रतिशतसम्म भएको हो भने त्यसलाई औषधीको माध्यबाट निको पार्न सकिन्छ ।
तर यदि गम्भिर ८० देखि ९० प्रतिशतसम्म भएको हो भने त्यसलाई एंजियोप्लास्टीको माध्यमद्वारा उपचार गरिन्छ । बेट्रीबाट सञ्चालित सानो यन्त्र पेसमेकर पनि आर्टलरी ब्लकेजको समस्यामा असल साबित हुनसक्छ ।
यसलाई अपरेशनद्वारा मुटुको नजिक फिट गरिन्छ । यसबाट निस्कने तरंगले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ । धेरै गम्भिर अवस्थामा बायपास सर्जरी पनि गरिन्छ ।
प्रतिक्रिया