युएईले पठाएको स्वास्थ्य सहायता सामग्री इजरायलबाट अस्वीकार
नेपालखोज
२०७७ जेठ ९ गते १४:५०
काठमाडौँ । सरकारीस्तरमा समन्वय नगरी स्वास्थ्य सहायता सामग्री पठाएको भन्दै इजरायलले संयुक्त अरब इमिरेट्स ९युएई० को सहयोग लिन अस्विकार गरेको छ ।
प्यालेस्टाइन अधिकार मन्त्रालयका अधिकारीहरुले आफूहरुसँग छलफल नै नगरी सहायता सामग्री पठाइएको भन्दै चिकित्सा सहायता ढुवानी लिन अस्वीकार गरेको जनाएका छन् ।
इजरायलको बेन गुरियन विमानस्थलमा पुगेको युएइको सहायता सामग्रीसहितको जहाज पुगेलगत्तै सरकारको यस्तो धारणा सार्वजनिक भएको हो ।
युएईसँग इजरायलको कुनै आधिकारीक सम्बन्ध नभएपनि यी दुई देशबीच पहिलो पटक सार्वजनिक उडान गर्न खोजिएको विश्लेषकहरुले बताएका छन् । —एजेन्सी
सम्बन्धित
प्रतिक्रिया