बिहीबार, चैत १५, २०८०

तिब्बतबाट स्वास्थ्य सामग्री सहयोग

नेपालखोज २०७७ असार ४ गते १५:०७

मुस्ताङ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई चीनको स्वशासित क्षेत्र तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लाका पाँच गाउँपालिका र सुरक्षा निकायका लागि आरडिटी किट, मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), पञ्जा, थर्मलगनलगायतका सामग्री तिब्बतको झोम्बा (काउन्टी) ले उपलब्ध गराएको हो ।

स्वास्थ्य कार्यालयलाई सर्जिकल मास्क एक लाख १० हजार, आरडिटी किट एक हजार २०० , केएन–९५ मास्क एक हजार २०० , पिपिइ सेट एक हजार १०० र थर्मलगन १०० थान उपलब्ध गराएको छ ।

यसैगरी सुुरक्षाकर्मीका लागि केएन–९५ मास्क २०० , सर्जिकल मास्क दुई हजार , चश्मा ३०, ग्लाउन ४० , पञ्जा चार हजार , स्यानिटाइजर ५० , इलेक्ट्रिकल थर्मामिटर १०, स्पेयर १० , जेनेरेटर दुई, चुलो दुई , जग २० , सिरक २०, ओभरकोट २० , जुत्ता २० , अटोक्लेभ चार , मेटल डिटेक्टर पाँच थान तथा कोलोरिन २० हजार चक्की रहेका छन् ।

प्रतिक्रिया