बिहीबार, वैशाख १३, २०८१

ग्रिन टी सेवनका फाइदैफाइदा

नेपालखोज २०७७ कार्तिक १ गते ५:०३

१. ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।

२. मधुमेह हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको मात्रा पनि कम गराउँछ ।

३. एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको सेललाई टुट्नबाट बचाउँछ, यसले अलजाइमर र पार्किन्सनको खतरा कम हुन्छ ।

४. ग्रिन टीमा केटेचिन नामको एन्टिअक्साइड हुन्छ, जसले घाँटी तथा दाँतमा हुने संक्रमणबाट बचाउँछ ।

५. यसले अनावश्यक तनावबाट मुक्ति दिन्छ ।

६. ग्रिन टीले अनुहारमा सौन्दर्य थप्छ र चकम दिलाउँछ ।

७. यसले ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।

प्रतिक्रिया