बिहीबार, वैशाख १३, २०८१

‘कोरोनाले चलचित्र क्षेत्रमा कार्यरत ५० हजारभन्दा बढी मजदुरको रोजगारी गुम्यो’ (भिडियोसहित)

काठमाडौं । कोरोनाका कारण २०७७ साल नेपाली चलचित्र क्षेत्र पनि प्रभावित बन्यो । चलचित्रसँग सम्बन्धित गतिविधि ठप्प प्राय: भए । यसै मेसोमा नेपालखोजले चलचित्र समीक्षक, पत्रकार तथा लेखक सामीप्यराज तिमिल्सिनासँग संवाद गरेको छ ।

यस्तो छ उनको भनाइ :
चलचित्र क्षेत्र ‘मास’सँग कति अपरिहार्य छ भनेर हामीले गहिरिएर सोच्‍न पाएका अथवा महसुस गर्न पाएका थिएनौं । यो कुरा कोरोना भाइरसले सिकाएको छ ।

हाम्रो आकलनमा यस क्षेत्रमा करिब ५० हजार जनाचाहिँ आश्रित छन्, फिल्डमै रहेर काम गर्ने । हल, सिरियल, फिल्म, गीतलगायत गरेर ५० हजार जनाले रोजगार पाइरहेका थिए । सबैलाई प्रत्यक्ष अप्रत्यक्ष असर पारेको छ । चलचित्र क्षेत्र कोरोनाका कारण चलायमान हुन नसक्दा यस क्षेत्रबाट १५ हजारभन्दा बढीको संख्यामा अन्य क्षेत्रमा लागेका छन् । यो अनुमान मात्र हो हामीसँग कुनै त्यस्तो तथ्यांक राख्‍ने व्यवस्था छैन ।

सम्पन्न भएर नामका लागि चलचित्र क्षेत्रमा लगानी गर्ने आकर्षण बढेको थियो । कोरोनाका कारण यस्ता लगानीकर्ता अहिले अन्य क्षेत्रमा लागेको पाइएको छ । अब फिल्म बनाउनेहरूचाहिँ साच्चिकै फिल्म मेकर यिनीरुले बनाउने फिल्म राम्रो हुनेछ । यस उद्योग अब माथि जान सक्छ । कोरोनाको सकारात्मक कुरा यही हो ।

यो वर्ष पाँचवटा फिल्म हलमा आए ती फिल्महरू निर्माता निर्देशकले आफैँले खासै आशा गरेका थिएनन् । प्रदर्शन गराउने मात्रै अथवा बनाउँदा-बनाउँदै खासै राम्रो पर्फमेन्स नदिने थाहा पाएरै केही निर्देशक निर्माताले केही चलचित्र प्रदर्शनमा ल्याए ।

थप भिडियोमा हेरौं :

प्रतिक्रिया