शुक्रबार, चैत १६, २०८०

‘साना उद्यमीले कोराना राहतको लाभ उठाउन सकेनन्’ (भिडियोसहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले साना उद्यमीले कोराना राहतको लाभ उठाउन नसकेको बताएका छन् ।

अन्य मुलुकको तुलनामा सानो अर्थतन्त्र भएका मुलुकमा कोरोनाको असर अझै बढी देखिएको उनको भनाई छ । नेपाल खोजको विशेष कुराकानीमा बोल्दै उनले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समग्र आर्थिक क्षेत्र तहसनहस भएको बताए ।

‘विश्वलाई नै असर गरेको कोरोनाले उद्योग वाणिज्य क्षेत्रलाई असर पार्याे । हामी जस्तो सानो अर्थतन्त्र भएको मूलुक अझै यसको मारमा परिरहेको छ,’ उनले भने, ‘कोरोना नियन्त्रण गर्न भएको लकडाउने आर्थिक क्षेत्र तहसनहस बनायो ।’

कोरोना संक्रमणका बावजुत स्वास्थ्य मापदण्ड अपनाएर भएपनि अन्य छाता संगठनसँग सहकार्य गरेर उद्योग क्षेत्र चलायमान बनाउन आफूहरु लागि परेको भएपनि अझै ८० प्रतिशत मात्र उद्योग व्यवसाय सञ्चालनमा आएको उनले बताए । उनले भने, ‘शतप्रतिशत व्यवसाय भने सञ्चालनमा आका छैनन् । फेरी दास्रो लहरको कोरोनाले आएको भन्ने सुनिएको छ यसले हामीलाई थप चिन्नतित बनाएको छ ।’

कोरानाको असरलाई मध्यनजर गरी सरकारले मौद्रिक नीतिमार्फत ५० अर्बको राहत प्याकेज ल्याएको स्मरण गर्दै उनले भने, ‘घाँटी हेरी हाड निल्नु भएको जसरी सानो अर्थतन्त्र भएको हाम्रो मूलुकले सक्दो सहयोग र सद्भाव राखेको छ । तर पनि व्यवसायी मारमै छन् । सरकारले ल्याएका राहत प्याकेज महिला, कृषि र साना उद्यमीले यसको लाभ उठाउन सकेका छैन् । हामीले यसको बारेमा सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया