बुधबार, वैशाख २६, २०८१

‘कोरोनाले खेलाडीमा शारीरिकसँगै मानसिक असर पार्‍यो’ (भिडियोसहित)

काठमाडौं । कोरोना संक्रमणका कारण लामो समयसम्म खेलकुदका क्रियाकलाप बन्द भएपछि त्यसले खेलाडीलाई शारीरिकका साथै मानसिक रुपमा पनि असर पुर्‍यायो ।

सन् २०१९ डिसेम्बर अन्तिम साता पहिलो पटक चीनमा देखा परेको कोरोना संक्रमण विश्वभर फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि गत चैत्र ११ गते देशव्यापीरुपमा लकडाउन भयो । जसले गर्दा समग्र क्षेत्र बन्द भए ।

त्यसले खेलकुद क्षेत्रका सम्पूर्ण गतिविधि पनि बन्द भए । लामो समयसम्म खेलकुल क्षेत्रका गतिविधि बन्द भएपछि खेलाडीमा शारीरिक र मानसिक रुपमै त्यसको असर पर्यो । यसै पेरिफेरिमा रहेर नेपालखोजले खेल समिक्षक तथा हाम्रो खेलकूद डटकमका सम्पादक प्रकाश तिमिल्सिनासँग संवाद गरेको छ ।
हेर्नुहोस् भिडियो:

प्रतिक्रिया