शनिबार, वैशाख १५, २०८१

‘सँगै जो बस्छ, माया पनि उसैसँग झगडा पनि उसैसँग’ (भिडियोसहित)

हाइलाइट्स
– श्रीमान् र श्रीमतीको झगडा भनेको परालको आगो जस्तै हो । झगडा हुनु स्वभाविक हो किनकि जो सँगै बस्छन्, माया पनि उसैसँग हुन्छ, झगडा पनि उसैसँग हुन्छ ।
–मूल कुरो के हो भने जतिसुकै झगडा गरे पनि आफ्नो भन्या आफ्नै हो । भोलि दुःख परेका बेला सहयोग आफ्नैले गर्छन् । बाहिरको मान्छेसँग जतिसुकै प्रेम भए पनि घरमा आएर कसैले स्याहार–सुसार गर्दैन ।
–जतिसुकै झगडा भए पनि आफू अफ्ठ्यारो परियो, थला परियो भने मद्दत गर्ने आफ्नाले हो । त्यसकारण आफ्नाको चित्त कहिल्यै नदुखाउनु । श्रीमान् र श्रीमती भनेका एउटा शरीरका दुई अंग भन्छन् यो सही हो । दुवै एक–अर्काको भरमा बाँचेका हुन्छन् ।
–दम्पती साथमा रहुन्जेल एक–अर्कासँग झगडा गर्छौ । दुःख दिन्छौं । एकले अर्कोलाई सताउँछौं । दुईमध्ये एकको मुत्यु हुँदा वा घटना हुँदा दम्पतीको महत्त्व थाह हुन्छ । उसको अभाव जब एक्लै हुन्छौं अनि खड्किन्छ ।
–जे आफूसँग छ त्यसलाई हामी माटो बराबर मान्छौं । जब त्यो गुमाउँछौं सुन झैं मूल्यवान् हुन्छ । यो गल्ती हो । आफ्नो परिवारलाई संकुचित मनले होइन, खुला हृदयले हेरौं । समस्या नै संकुचित मनबाट हुने हो ।
–मनको संकुचन फुकाउने निर्विकल्प उपाय हो ध्यान । जसले ध्यानको अभ्यास गर्छ, त्यो व्यक्तिको मन संकुचित हुनै सक्दैन । मन फराकिलो भएसँगै मित्रतापूर्ण व्यवहार गर्न सकिन्छ ।

प्रतिक्रिया