बिहीबार, वैशाख १३, २०८१

‘प्लास्टिक खाएका गाईबाच्छा बचाउन लगभग असम्भव हुन्छ’

हाइलाइट्स:
-राष्ट्रिय जनावरमा पनि राष्ट्रियता हुन्छ
-अहिले हामीले करिब २०० असहाय गाई-बाच्छालाई संरक्षण गरिरहेका छौं ।
-कृषकले बच्छा जन्मिए बाटो छाडिदिन्छन् । यस्ता कतिपय साना बाच्छा खान नजानेरै पनि मर्छन् ।
-गाई सामाजिक प्राणी हो । उनीहरू समाजबाहिर बाँच्न सक्दैनन् । जंगल र सडकमा भौंतारिएर गाई बाँच्न सक्दैन ।
-प्लास्टिक खाएका गाईबाच्छालाई बचाउन लगभग असम्भव नै हो ।
-सुरुमा उद्धार गरेर ल्याइएका गाई-बाच्छा हामीसँग डराउँछन् तर पछि हामीलाई नै देख्दा उनीहरूले आफ्नो पीडा आँसुमार्फत पोख्छन् ।
-सडकमा कराइरहेका गाईबाच्छालाई उद्धार गरेर सेल्टर पुर्‍याएको दिन आनन्दको निद्रा लाग्छ ।
-आज सडकमा देखिएको गाई भोलि हुँदैन यसको कारण एउटा हामी जस्ता संघ-संस्था, अर्को राष्ट्रिय जनावर गाई काठमाडौंमा मासुमा प्रयोग भएको तितो अनुभव छ हामीसँग ।
-अमेरिकाको स्वर्गीय जीवन छाडेर नेपालमा गोठालो जीवन किन रोजेको भनेर परिवारका सदस्य र साथीभाइले गर्ने तर्क परिवर्तन भएको छ ।

प्रतिक्रिया