बुधबार, जेठ १, २०८२

युरोकप फुटबल : नकआउट चरणका अन्तिम दुई खेल आज

नेपालखोज २०७८ असार १४ गते ७:३८

कठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो ।

पहिलो खेलमा राति ९ः४५ बजे स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा राति १२ः४५ बजे फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेलमा दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् । क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् । नेसन्स लिग अन्तर्गत सन् २०१८ को सेप्टेम्बर स्पेनले क्रोएसियालाई ६–० ले हराएको थियो । २–१८ को नोभेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनलाई ३–२ ले हराएको थियो ।

रोमानियाको नेसनल एरिनामा हुने अर्को खेलमा फ्रान्स र स्विट्जरल्यान्ड पनि जित निकाल्दै आ–आफु क्वाटरफाइनलमा पुग्न चाहन्छन् । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक खेल्न लागेका हुन् ।

प्रतिक्रिया