बुधबार, जेठ १, २०८२

चौबीस घण्टामा ३ हजार ८५३ जना डिस्चार्ज, ४२ काे मृत्यु

नेपालखोज २०७८ असार १४ गते १६:३२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ३ हजार ८५३ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोही अवधीमा २ हजार ४४४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चाैबीस घण्टामा ४२ जनाका काेराेनाका कारणा मृत्यु भएकाे छ । नेपालमा हाल मृत्यु हुनेकाे संख्या ९ हजार ५१ पुगेकाे छ ।

प्रतिक्रिया