मंगलबार, वैशाख १६, २०८२

हामीले कुकुर पाल्न जानेकै छैनौं ! (भिडियो रिपोर्ट)

कुकुर पाल्ने मानिसहरुले सुरुमा केका लागि कुकुर पाल्ने भनेर स्पष्ट हुनुपर्छ

हाइलाइट्स :

० के नाइन डग केयर सेन्टर २०५२ सालबाट सुरु गरिएको हो ।

० विदेशतिर घुम्ने क्रममा मैले कुकुरहरुको होस्टेल, केयररिङ सेन्टर, ट्रेनिङ सेन्टर देखे । नेपालमा पनि यसै क्षेत्रका मानिससँग संगत बढ्यो । उहाँहरुले आइडिया दिनुभयो कतिपय कुरा हेरेर सिकें । त्यसपछि नेपालमा पनि डग होस्टेल ट्रेनिङ सेन्टर किन नखोल्ने भन्ने भयो र खोलें ।

० मैले इन्डियामा गएर ट्रेनिङ लिएँ । थाइल्यान्ड दुबई सबैतिरबाट पुगे ज्ञान बढ्दै गयो । के नाइन केयर भनेर सुरुमा मैले सुरु गरेपछि टेनिङ सेन्टर पनि थप गरेर के नाइन डग ट्रेनिङ एन्ड केयर निरन्तर सञ्चालन गरेर यस क्षेत्रमा छु ।

० नेपालमा कुकुर देखासिखीका लागि पाल्ने गरिन्छ ।

० कुकुर पाल्ने मानिसहरुले सुरुमा केका लागि कुकुर पाल्ने भनेर स्पष्ट हुनुपर्छ । कसैलाई गार्ड डग चाहिन्छ, कोहीले फेमिलियर कुकुर पाल्नुहुन्छ ।

० के नाइन डग ट्रेनिङ एन्ड केयर होस्टेल पनि हो । तपाईंहरु कतै जान लाग्नु भएको छ भने हाम्रोमा तपाईंहरुको कुकुर छाडेर जान सक्नु हुनेछ ।

० नेपालीहरुले कुकुरलाई ओभर फिडिङ गर्ने गल्ती गरिरहेका हुन्छन् ।

० कुकुरहरुलाई आइसक्रिम र चकलेट दिनु हुँदैन तर हामीले मायाले दिइरहेका हुन्छौं ।

० कुकुरलाई फलफूलमा एभोकाडो खान दिनु हुँदैन ।

० कुकुरलाई धेरै नुहाइदिँदा पनि समस्याहरु आउँछ । तर सफा राख्न धेरै नुहाइदिएको हामी देख्छौं ।

० कुकुर पाल्नुअघि कुकुरलाई कसरी स्याहार गर्ने भन्नेबारे कुकुर पाल्ने मानिस पनि पहिल्यै ट्रेन्ड हुनु आवश्यक छ ।

० कुन समयमा कहाँ ट्‌वाइलेट गराउने, कुन समयमा खुवाउने भन्ने कुराबारे कुकुरधनीमा ज्ञान हुनुपर्छ ।

० कुकरलाई मान्छे आउँदा घरभित्र र घरबाहिर कसरी सोसियलाइज गर्ने ख्याल राख्नुपर्छ ।

० नेपालमा ब्रिडिङको समस्या पनि छ । ब्रिडिङ गर्दा उसको खानपान, रहसहन, बासस्थानलगायत एउटै आमाका सन्तान रगतको नातालााई ब्रिड गराउनु हुँदैन ।

संगम ढकालको रिपोर्ट

प्रतिक्रिया