चार प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन मौशम विभागको आग्रह
नेपालखोज
२०७८ असार २८ गते ७:१०

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसको प्रभावले आज (सोमबार) बिहान देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।
रातिसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । भीषण वर्षा हुने क्षेत्रमा पहिरो र नदी तथा खोला तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया