कार्यदलको दशबुँदे सहमतिपछि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुक स्टाटसप्रति माधव नेपालको आपत्ति
अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने अभिव्यक्ति मान्य छैन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाको फेसबुक स्टाटस्प्रति आपत्ति जनाएका छन् ।
एमालेको विवाद समाधानका लागि गठित कार्यदलले हिजो अबेर १० बुँदे सहमति गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले सर्वोच्च अदातलमा संसद विघटनविरुद्ध गरिएका एमालेका २३ सांसदका हस्ताक्षर फिर्ता भएको आशयको स्टाटस् लेखेका थिए ।

त्यसको प्रतिक्रिया स्वरुप नेता नेपालले आज बिहान फेसबुकमार्फत नै थापाको अभिव्यक्ति सहमति र छलफलको मर्म विपरित रहेको भन्दै आक्रोस पोखेका छन् । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पार्दै उनले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया