जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री सेल्सियस
नेपालखोज
२०७८ कार्तिक ३० गते ९:२६

काठमाडौं । आज जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने आज ९ दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ ।
देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया