मोरङको कटहरी औद्योगिक क्षेत्रमा आगलागी
नेपालखोज
२०७८ मंसिर १ गते १०:३७

विराटनगर । मोरङको कटहरी औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा बुधबार बिहान आगलागी भएको हो ।
विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहवीलगायत स्थानबाट पठाइएको दमकले आगलागी नियन्त्रणको प्रयास गरिरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले बताए ।
सम्बन्धित
प्रतिक्रिया