चित्त किन दुख्छ ?

-चित्त दुख्नुको कारण हो आफूले भनेको जस्तो नहुनु । आफ्नो अपेक्षाविपरीत अरुले व्यवहार गर्यो भने चित्त दुख्छ ।
-चित्त विशेष गरेर आफ्नो र नजिकको मान्छेहरुसँग दुख्छ । किन भने नजिकको मान्छेले नराम्रो गर्छ भन्ने आशा हुँदैन र नजिकको मान्छेले मेरा लागि सधैंभरि राम्रो मात्र गर्छ भन्ने अपेक्षा बोकेको हुन्छ तर त्यसकोविपरीत नजिकको मान्छेले गर्दियो भने व्यक्ति अत्यन्तै पीडित हुन्छ र चित्त दुखाउँछ ।
-चित्त दुख्नुको मूल कारण नै अपेक्षा हो । यदि चित्त दुखाइबाट मुक्त हुनु छ भने अपेक्षारहित काम गरौँ ।
सम्बन्धित
प्रतिक्रिया