मंगलबार, मंसिर २३, २०८२

डा धुर्कापानीको ‘दिनमा पनि रातमा पनि’ गीत सार्वजनिक

नेपालखोज २०८२ साउन १७ गते १६:४७

काठमाडौं । डा तारानाथ घिमिरे ‘धुर्कापानी’को गीत र वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारको स्वरसङ्गीतमा सिर्जित ‘दिनमा पनि रातमा पनि’ बोलको गीत सार्वजनिक भएको छ । डिआर सिर्जना संसारले आज आयोजना गरेको कार्यक्रममा ‘मदन पुरस्कार’ विजेता तथा वरिष्ठ कवि नवराज लम्सालले ती कृति सार्वजनिक गरे ।

“यो गीत चोटहरुको सङ्ग्रह हो, संवेदनाले चेतनामा हिर्काउँदा सिर्जना हुने गीतसङ्गीत हो”, पाँच सयभन्दा बढी गीत लेखिसक्नुभएका गीतकार डा लम्सालले भने, ‘आफ्नो संवेदनलाई गीतमार्फत प्रस्तुत गरिएको भए पनि सिर्जनालाई सुन्दर मालामा उनेर सजाइएको छ ।’

अनुसन्धानकर्ता डा विष्णु दाहालले आफूले निकै लामो प्रयासपछि गीतलाई मूर्तरुप दिन सफल भएको अनुभव सुनाए । ‘मानिसको म-मनमा बस्नका लागि निकै मेहनत गर्नुपर्या’, उनले भने, ‘राम्रो सिर्जना तयार हुँदा खुसी छु ।’

त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस मानवशास्त्र विभागका उपप्राध्यापक तथा गीतकार डा विष्णु दाहालले मानिस बदलियो भने गीतसङ्गीतमार्फत प्रस्तुत गर्ने गरेको भए पनि समाज परिर्वतन भयो भने आत्मसात् गर्न कठिन भएको अनुभव सुनाए ।

वरिष्ठ सङ्गीतकार राजु सिंहले सुगम सङ्गीतले दर्शक-स्रोतको मन तानिरहेको बताए । सङ्गीत रचना तथा गायनको अनुभूति वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीले मानिसले व्यवहारमा भोगेका विषयलाई गीतमार्फत प्रस्तुत गरिएको बताए ।

त्रिवि रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक तथा गीतकार डा गीता त्रिपाठीले भने, ‘गीतमा प्रेम पनि छ, सम्वेदना पनि गहिरो छ”, पवित्र आँशुले दुःख पीर सबै धोएको छ ।’

त्रिवि पाटन संयुक्त क्याम्पस राजनीतिशास्त्र विभागका सहप्राध्यापक गीतकार डा तारानाथ घिमिरे धुर्कापानीले आफ्ना भावनालाई गीतमामार्फत लेखेको बताए ।

साहित्यकार तथा सञ्चारकर्मी हेम भण्डारीले डा धुर्कापानी जस्तो सुन्दर रचनालाई मूर्तरुप दिनु आफैँमा महत्वपूर्ण काम भएको र गीत साच्चै मानिसको हृदयलाई हुने खालको भएको बताए ।

प्रतिक्रिया