मंगलबार, मंसिर २३, २०८२

टप एन्ड टी–२० शृंखलाका लागि नेपाली टीमकाे घोषणा

नेपालखोज २०८२ साउन १९ गते २१:४०


काठमाडौं । अस्ट्रेलियामा हुने टप एन्ड टी–२० शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

प्रतियोगिताको तालिकाअनुसार नेपालले कुल ६ खेल खेल्ने छ भने पहिलो खेल अगस्ट १५ मा नर्दन टेरिटोरीविरुद्ध खेल्नेछ ।त्यस्तै, नेपालले दोस्रो खेल अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, तेस्रो खेल अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, चौथो खेल अगस्ट १९ मा होबर्ट हुरिकेन्स, पाँचौँ खेल अगस्ट २० मा मेलबर्न रेनेगेड्ससँग र अन्तिम खेल अगस्ट २२ मा पकिस्तानविरुद्ध खेल्ने तालिका छ । 

नेपाली टिमकाे लागि रोहितकुमार पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, आरिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललितनारायण राजवंशी छनाेट भएका छन् ।

प्रतिक्रिया