बिहीबार, वैशाख ६, २०८१

हाम्रो बारेमा

त्यसकारण हामी……

विश्वव्यापी रुपमा बढ्दै गईरहेको प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गईरहेको छ । हिजोका छापा सञ्चार माध्यमहरुले परम्परागत रुपमा जसरी सामाजिक र राष्ट्र विकासका लागि योगदान पु¥याएका थिए । त्यसलाई अझ प्रभावकारी रुपमा छिटो र छरितो रुपमा आम नागरिकहरु समक्ष सूचना प्रवाह गर्नका लागि पछिल्लो समयमा डिजिटल पत्रिकाहरुले निकै नै महत्वपूर्ण भूमिका खेलेको छ । आजको समाचार भोली वा पर्सी होइन केही सेकेण्डमा नागरिकको हातमा पुग्ने अवस्था आएको छ । यही मोडमा हामी पनि उभिएका छौं ।

परम्परागत भन्दा पनि राष्ट्रिय हित, राष्ट्रियता र जनताका आवाजलाई बोक्ने कसीका रुपमा हामीले नेपाल खोज ल्याएका छौं । नेपाल सरकारले लिएको लक्ष्य सुखी नेपाली समृद्ध नेपाललाई सार्थक तुल्याउनका लागि पनि सञ्चार माध्यमले निकै ठूलो भूमिका खेल्न सक्छ प्रविधिको प्रयोग र डिजिटल पत्रिकाका माध्यमबाट ।

हो, हामी त्यही खोजी गर्ने छौं । नेपाली जनताको समस्या के हो र त्यसका समाधानका उपायहरु के हुन् ? समस्यालाई केलाउने मात्र होइन समाधानका सम्भावित उपायहरु पनि देखाउने छौं । निजी क्षेत्रको सहभागिता विना मुलुकको समग्र विकास पक्कै पनि सम्भव छैन । त्यसकारण सरकार र निजी क्षेत्रका लागि सेतुको कार्य गर्न पहल गर्दैछौं । देश विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्नु हाम्रो कर्म हुने छ ।

देशको आमूल परिवर्तका लागि सरकारले गरेन भन्ने मात्र भन्दा पनि किन गर्न सकेन वा हामीले देशका लागि के ग¥यौं भन्ने प्रश्न पनि खोतल्ने छौं । जहाँ जहाँ विकृति र विसंगति छन् तिनलाई पनि कोट्याउने प्रयास गर्ने छौं, खोज र अनुसन्धानलाई प्राथमिकता दिने प्रतिवद्धता जाहेर पनि गर्दछौं । त्यसैले आएका छौं तपाइँको माझ नेपाल खोजका साथ ।