शुक्रबार, असार २०, २०८२

आजको राशिफल २०८१ भदाै २० गते

मेष राशि

अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले राेक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।

बृष राशि

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ।

मिथुन राशि

मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ।

कर्कट राशि

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ।

सिंह राशि

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ।

कन्या राशि

समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्।

तुला राशि

आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ।

बृश्चिक राशि

केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ।

धनु राशि

विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

मकर राशि

पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ।

कुम्भ राशि

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ।

मीन राशि

माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

आजको पञ्चाङ्ग

२०-भदाै २०८१ | बुधवार ४-सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, प्रतिपदा तिथि ८ः०५ बजेपछि द्वितीया। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिह, ९ः३७ बजेपछि कन्या।

प्रतिक्रिया