सोमबार, असार २, २०८२

आजको राशिफल २०८२ असार ०२ गते

मेष राशि

मिहिनेत गर्दा सजिलै कर्मसिद्धि हुने समय छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।

बृष राशि

नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

मिथुन राशि

समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। साेमवारदेखि धार्मिक मनोवृत्ति बढ्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ।

कर्कट राशि

साेमवार र मंगलवार भने कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला।

सिंह राशि

रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ।

कन्या राशि

अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ।

तुला राशि

आफन्तको सहयाेग जुट्नाले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ।

बृश्चिक राशि

साेमवार र मंगलावार केही पारिवारिक उल्झन आउन सक्छन्। घरमा असमझदारी बढ्ने हुँदा काम राेकिन सक्छ।

धनु राशि

जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ।

मकर राशि

साेमवार र मंगलवार आलाेचकहरूकाे फन्दामा परिने सम्भावना छ। बाेलीकाे गलत अर्थ लाग्नुका साथै फजुल खर्च बढ्ने सम्भावना देखिएकाले हाेसियार रहनुहाेला।

कुम्भ राशि

आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। रोकिएका काम बन्नेछन्। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्।

मीन राशि

आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया