समय आफै अनुकुल बन्दै जानेछ। व्यक्तिगत खुसीको लागि केही समय छुट्याउनुहोस्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ।
बृष राशि
तपाईँको धैर्यता र कार्यकुशलताको सराहना हुनेछ। कुनै कुराले मन आनन्दित बनाउनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्।
मिथुन राशि
परोपकारी कामले मनमा उत्साह जगाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्।
कर्कट राशि
धेर्य र पराक्रमले नसोचेको काम सम्पादन हुनेछ। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्ने प्रयास गर्नुहोस्।
सिंह राशि
राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रतिस्पर्धामा सफला मिल्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ।
कन्या राशि
सोधेको कुरामा मात्रै प्रतिक्रिया दिनु उचित होला। तटस्थ भएर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनबाट बच्नुहोस्।
तुला राशि
आज ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा प्रयास सफल हुनेछ र धन प्राप्तिका प्रबल संकेत रहेका छन्। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ।
बृश्चिक राशि
नोकरी वा पेशामा अप्ठ्यारा कार्यको नेतृत्व गर्नुपर्ला। अधिकारि वर्गबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बन्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ।
धनु राशि
बुद्धिबल र लगनशीलताले प्रत्येक कार्यमा सफलता मिल्नेछ। बेरोजगारहरूको लागि नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ।
मकर राशि
रचनात्मक कार्यमा रुचि बढ्नेछ। कुनै ठूलो निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सल्लाह लिनुहोस। भविष्यलाई लिएर कार्य गर्ने दिन रहेको छ।
कुम्भ राशि
व्यापारिक निर्णयमा आर्थिक पक्षलाई ध्यानमा राखेर कार्य गर्नुहोस्। परीक्षामा सफलता मिल्ला। पारिवारिक अनावश्यक तनावले मनलाई विचलित पार्नेछ।
मीन राशि
सन्तानलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा तत्कालको फाइदा हेरेर निर्णय नलिनुहोला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ लाई लिएर सजग रहनुहोस्।
आजको पञ्चाङ्ग
आज मिति ७ असार २०८२, शनिवार
असार कृष्ण दशमी
पञ्चाङ्ग: अतिगंड विष्टि/भद्रा अश्विनी
प्रतिक्रिया