तुला राशि
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
बृश्चिक राशि
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मिहिनेतले प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।
प्रतिक्रिया