मिथुन राशि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पेसा–व्यसायमा मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
कर्कट राशि
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्यांकन नगरी काम थाल्दा समस्या पर्न सक्छ। समय लागे पनि यात्राकाे साइत जुर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा लिन सक्छन्, सजग रहनुहाेला।
प्रतिक्रिया