सिंह राशि
बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। उठ्नुपर्ने रकम अड्किन सक्छ। पेसा–व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्नुहाेला, सामान्य लाभ हुनेछ।
कन्या राशि
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
प्रतिक्रिया