मिथुन राशि
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा त्यति अभिरूचि नजाग्न सक्छ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिस्पर्धीहरूबाट पनि अलि जाेगिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा फाइदा हुनेछ।
कर्कट राशि
अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूकाे विश्वास गर्दा काम बिग्रनेछ। परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ। सानाे त्रुटिले समस्या निम्त्याउनेछ, हाेसियारपूर्वक काममा जुट्नुहाेला। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ, खानपानमा अलि सजग रहनुहाेला।
प्रतिक्रिया