मेष राशि
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि औषधि जाेहाे गर्नुपर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्छ।
बृष राशि
घुमफिर तथा मनोरञ्जनमा अलमलिनाले काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
प्रतिक्रिया