मिथुन राशि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। कुनै बाध्यात्मक काममा अलमलिनुपर्नेछ।
कर्कट राशि
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
प्रतिक्रिया