आजको राशिफल २०८२ फागुन ४ गते

मेष राशि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। पेसा–व्यवसायमा प्रशस्त फाइदा हुनेछ। काममा अभिभावकको सहयोग प्राप्त हुनेछ। केही प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई समेत प्रभावित पारेर काम बनाउने समय छ।

बृष राशि

स्वास्थ्य कमजोर रहनाले समयमा काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

मिथुन राशि

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। केही दौडधुप गर्नुपरे पनि मिहिनेतको फल भने प्राप्त हुनेछ।

कर्कट राशि

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ।

सिंह राशि

प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। सचेत रहँदा धन अरूको हातमा जानबाट जोगिनेछ।

कन्या राशि

समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाए पनि संगत र खानपानमा सावधान रहनुहोला।

तुला राशि

विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। घर–गृहस्थीमा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

बृश्चिक राशि

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

धनु राशि

आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले समेत आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले विवाद उत्पन्न हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला।

मकर राशि

आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मान–सम्मान पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साथ दिनेहरू बढ्नेछन्। नयाँ काममा हातहाल्न सकिनेछ।

कुम्भ राशि

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

मीन राशि

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। मेहनत गर्दा नयाँ काम फेला पर्नेछ। कृषि, पशुपालनमा आदिमा फाइदा हुने समय छ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

आजको पञ्चाङ्ग

२०८२ फागुन ४ गते (१६ फेब्रुअरी २०२६) साेमवार, फाल्गुण कृष्णपक्ष चतुर्दशी, १७ः३५ बजेपछि औंसी। श्रवण नक्षत्र। चन्द्रराशि मकर।

प्रतिक्रिया