आजको राशिफल २०८२ फागुन ९ गते

मेष राशि

ऋणभार समेत बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ।

बृष राशि

फजुल खर्च पनि बढ्नेछ। प्रयत्न गर्दा कर्जामार्फत धन जुटाउन सकिनेछ।

मिथुन राशि

कामले आफ्नो प्रसिद्धि पनि बढ्नेछ। आम्दानीको स्रोत सबल बन्नेछ। दिगो फाइदा हुने काम सुरुआत हुनेछ।

कर्कट राशि

समस्या दर्साउँदा केही सहयोगीहरू जुट्नेछन्। सप्ताहान्तमा अप्ठ्यारो स्थिति सुल्झाउन सकिनेछ।

सिंह राशि

अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि उपलब्धि जोगाउन सकिनेछ।

कन्या राशि

व्यवसायका लागि यात्राको साइत जुर्न सक्छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

तुला राशि

कामका सन्दर्भमा रमाइलो यात्राको साइत जुर्नेछ । कर्मगतिले उचाइ लिनेछ। व्यापारमा विशेष फाइदा हुनेछ।

बृश्चिक राशि

पहिलेका कमजोरी सच्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ।

धनु राशि

आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा धोका पाइनेछ।

मकर राशि

विभिन्न उपहार तथा सुविधाका वस्तुहरू प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कुम्भ राशि

अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ, वादविवादमा अघि नसर्नुहोला।

मीन राशि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया