मेष राशि
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका छ। तर उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। पहिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। तापनि परिश्रमको फल प्राप्त हुने समय छ।
बृष राशि
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।
प्रतिक्रिया