आजको राशिफल २०८२ चैत २७ गते

मेष राशि

सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। पराेपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। नयाँ साथीभाइ भेटिनेछन्। नयाँ काम सिक्ने अवसर छ। पेसा–व्यवसायमा लाभ मिल्नेछ। दिउँसोदेखि दिगाे फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ।

बृष राशि

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना पनि स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आए पनि साेचेकाे उपलब्धि नहुन सक्छ। अध्ययनमा पनि पछि परिनेछ।

मिथुन राशि

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आफन्तहरूको साथले आशा जगाउनेछ। प्रयत्न गर्दा दिगाे काम थालनी हुन सक्छ। साँझतिर स्वास्थ्य कमजाेर बन्न सक्छ। विश्राम र आहारविहारमा अलि ध्यान पुर्याउनुहोला।

कर्कट राशि

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। रकम, श्रम र समय लागे पनि काम गर्न सकिनेछ। प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ। साँझतिर व्यापारमा फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँग रमाइलाे भेटघाट हुन सक्छ।

सिंह राशि

लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। नयाँ कामले धेरैको मन तान्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। साँझतिर मिहिनेतको फल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।

कन्या राशि

अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूकाे विश्वास गर्दा काम बिग्रनेछ। परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ। सानाे त्रुटिले समस्या निम्त्याउनेछ, हाेसियारपूर्वक काममा जुट्नुहाेला। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ, खानपानमा अलि सजग रहनुहाेला।

तुला राशि

विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। साथीभाइकाे सहयाेग पाइनेछ। अवसरले पनि उत्साह जगाउनेछ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

बृश्चिक राशि

मुख्य काम र अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। साँझदेखि स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। काममा पनि जाेश–जाँगर बढ्नेछ।

धनु राशि

अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्, अलि सजग रहनुहोला। अवसरवादीहरूले आफ्ना कमजाेरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। किनमेलमा अधिक खर्च हुनेछ।

मकर राशि

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि कर्जाकाे रकम जुट्न सक्छ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

कुम्भ राशि

दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले काममा पनि उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिन सक्छ। खर्च लागे पनि यात्राकाे साइत जुर्नेछ।

मीन राशि

प्रतिष्ठित काम गर्ने समय छ। मिहिनेतले अवसर पनि दिलाउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। साँझतिर व्यापारमा राम्रै फाइदा हुनेछ। तर महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।

आजको पञ्चाङ्ग

२०८२ चैत २७ गते (१० अप्रिल २०२६) शुक्रवार, वैशाख कृष्णपक्ष अष्टमी तिथि। पूर्वाषाढा नक्षत्र, ८ः५२ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १५ः२३ बजेपछि मकर।

प्रतिक्रिया