आजको राशिफल २०८२ चैत २९ गते

मेष राशि

विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले समाधान दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। तर विराेधीहरूले दुःख दिनेछन्, सजग रहनुहाेला।

बृष राशि

नयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेकाे काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

मिथुन राशि

समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेकाे काम राेकिने भयले सताउनेछ। गरेकाे श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ र तत्कालकाे अभाव पनि टर्नेछ। सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।

कर्कट राशि

रमाइलाे भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।

सिंह राशि

आँट गर्दा काम बन्नेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

कन्या राशि

अवसरले पछ्याए पनि माैकाकाे फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। मिहिनेतकाे परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।

तुला राशि

घर–परिवारमा असमझदारी बढ्न सक्छ। खर्च बढ्नेछ र काममा पनि उल्झन आउने समय छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। आत्म–सम्मानका लागि विवादमा अघि नसर्नुहाेला। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। नियम मिचेर काम गर्दा दुःख पाइनेछ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

बृश्चिक राशि

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।

धनु राशि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। नियमित काममा सामान्य फाइदा भइरहनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। तर कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। अरूका विषयमा चासो लिँदा केही झमेला र जिम्मेवारी आइलाग्न सक्छ।

मकर राशि

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग रमाइलाे भेटघाट हुनेछ।

कुम्भ राशि

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुने समय छ।

मीन राशि

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

आजको पञ्चाङ्ग

२०८२ चैत २९ गते (१२ अप्रिल २०२६) आइतवार, वैशाख कृष्णपक्ष दशमी तिथि। श्रवण नक्षत्र, १२ः१२ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर।

प्रतिक्रिया