शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल -२ कार्तिक, २०७७

मेष राशि

वाक चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

बृष राशि

आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

मिथुन राशि

कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

कर्कट राशि

आज नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रपतिको योग छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

सिंह राशि

मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

कन्या राशि

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला राशि

सानातिना बाधा इलागेपनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक राशि

आज सामान चोरी हुने भयछ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

धनु राशि

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

मकर राशि

आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ ।

कुम्भ राशि

आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ ।

मीन राशि

आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया