बुधबार, वैशाख १२, २०८१

दशैं बजार : किन बढ्दै छ बजारमा रन सुजको माग ? (भिडियो रिपोर्ट)

काठमाडौं । स्वदेशी जुत्ता उत्पादक कम्पनी रन सुज नेपाली बजारमा स्थापित ब्रान्ड हो । सस्तो मूल्यमा उच्च गुणस्तरको फुटवयर आम उपभोक्ता समक्ष पुर्‍याएर रन सुजले नेपाली बजार एकाधिकार जमाएको छ । विशेषगरि युवा पुस्तालाई लक्षित फुटवयर उत्पादन गर्दै आएको यस कम्पनीले अहिले महिला, पुरुष तथा सबै उमेर समूहका उपभोक्तालाई समेट्न सफल भएको छ । त्यसैले बजारमा रन सुजको माग बढेको छ ।

फुटवयरको गुणस्तर, बनावट, यसको विविधता लगायत लगाउँदा पनि सहज हुने भएकाले आम उपभोक्ताबाट यस्को माग निकै नै बढेको छ । नेपालीहरुको महान चाड वडादशैं नजिकिँदै गर्दा उपभोक्ताबाट अप्रतायासित रुपमा माग बढेपछि उत्पादनले धान्नै नसक्ने अवस्था आएको व्यवसायी रामकृष्ण न्यौपाने बताउछन् । उनी भन्छन्, ‘दशैंको यो समयमा युवा पुस्ताबाट रन सुजको माग बढेको छ, अहिले हाम्रो उत्पादन क्षमताले नभ्याउने गरि डिमान्ड आएको छ ।’

ग्राहकको अत्काधिक मागलाई मध्यनजर गरि रन सुजले चाडबाडको अवसर पारेर आफ्ना आकर्षक उत्पादन बजारमा ल्याएको छ । महिला, पुरुष तथा सबै उमेरसमूहका उपभोक्तालाई समेन्टेर यस कम्पनीले फुटवयर बजारमा ल्याएको हो । बजार मूल्य, बनावट लागयत सबै कारणले ग्राहक सन्तुष्ट भएपछि नयाँ उत्पादनको माग झनै बढेको न्यौपानेको दाबी छ ।

चाडबाडलाई लक्षित उत्पादन विशेषगरि साना उमेर समूह अर्थात् युवा तथा बालबालिकालाई लक्षित छ । चाडबाडको उल्लास बच्चामा धेरै हुने भएकाले कम्पनी यस तर्फ आकर्षित भएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेको भनाइ छ । ‘स्वदेशी उत्पादनलाई प्रथामिकता दिने सरकारको नीति साथै रन सुजकै उत्पादनको सकरात्मक छापको कारण नेपाली उत्पादनको बजार राम्रो छ । सस्तो मूल्यमा महंगा विदेशी ब्रान्ड सहर अथवा सो भन्दा राम्रो गुणस्तरको फुटवयर रन सुजले बजारमा ल्याएको छ ’ उनी भन्छन्, ‘रनसुजको डिमान्ड बढेको छ । विशेषत चाडबाड लक्षित गरि ल्याएका नयाँ उत्पादनले बजारमा अझ बढी सकरात्मक प्रतिक्रिया पाएको छ ।’

छोटो समयमा रन सुजले बजारमा एकाधिकार जमाउनुको मुख्य कारण उत्कृष्ट गुणस्तर रहेको कम्पनीको दाबी छ । महंगा विदेशी ब्रान्डभन्दा आकर्षक उत्पादन कम मूल्यमा नै रन सुजले उपल्बध गराउँदै आएको छ । सोही कारण एक पटक रन सुजको ग्राहक बन्नै पर्ने कम्पनीको भनाइ छ । ‘एक पटक रन सुज लगाउनु भनेको जीवनभर रनसुज ग्राहक बन्नु हो ।’ व्यापारी न्यौपाने दाबी गर्छन् ।

प्रतिक्रिया