क-कसले कहिले जिते विश्वकप ?

अहिलेसम्म फिफा विश्वकपको २१ वटा संस्करण सम्पन्न भैसकेका छन भने ती २१ वटा प्रतियोगितामा ८ वटा राष्ट्रले मात्र उपाधि जितेका छन् । कतारमा भैरहेको यो २२औं प्रतियोगिता सम्म आइपुग्दा सबै २२ वटै संस्करण खेल्ने एक्लो टिम ब्राजिल हो भने सर्वाधिक ५ पटक उपाधि जित्ने देश पनि ब्राजिल नै हो । यसैगरी इटाली तथा जर्मनीले (पहिलेको पश्चिम जर्मनी पनि ) ४-४ पटक अनि अर्जेन्टिना, फ्रान्स तथा उरुग्वेले २-२ पटक विश्वकप जितेका छन् ।
इंग्ल्याण्ड र स्पेनले १-१ पटक विश्वकप बिजेताको गौरव हासिल गरेका छन् । विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न नसक्ने ५ वटा देश नेदरल्याण्ड्स, क्रोएशिया, चेकोस्लोभाकिया, स्वीडेन तथा हंगेरी हुन् ।
अहिलेसम्म कुल १३ राष्ट्र मात्र विश्वकपको फाइनलमा पुग्न सफल भएका छन् भने ८ राष्ट्र मात्र उपाधिको हकदार भएका छन । कतारमा यसपटक इटाली बाहेक ७ वटै विश्व च्याम्पियन सहभागि थिए । इटलीले यसपटकको छनोट चरण नै पार गर्न सकेन ।
क-कसले कहिले जिते विश्वकप ?
१९३० : विजेता – उरूग्वे , उपविजेता अर्जेन्टिना
१९३४ – विजेता – इटली, उपविजेता – चेकोस्लोभाकिया
१९३८ : विजेता – इटाली , उपविजेता – हंगेरी
१९५० : विजेता – उरूग्वे, उपविजेता – ब्राजिल
१९५४ : विजेता – पश्चिम जर्मनी, उपविजेता – हंगेरी
१९५८ : विजेता – ब्राजिल, उपविजेता – स्वीडेन
१९६२ : विजेता – ब्राजिल, उपविजेता – चेकोस्लोभाकिया
१९६६ : विजेता – इंग्ल्याण्ड, उपविजेता – पश्चिम जर्मनी
१९७० : विजेता – ब्राजिल, उपविजेता – इटाली
१९७४ : विजेता – पश्चिम जर्मनी, उपविजेता – नेदरल्याण्ड्स
१९७८ : विजेता – अर्जेन्टिना, उपविजेता – नेदरल्याण्ड्स
१९८२ : विजेता – इटली, उपविजेता – पश्चिम जर्मनी
१९८६ : विजेता – अर्जेन्टिना, उपविजेता – पश्चिम जर्मनी
१९९० : विजेता – पश्चिम जर्मनी , उपविजेता – अर्जेन्टिना
१९९४ : विजेता – ब्राजिल , उपविजेता – इटाली
१९९८ : विजेता – फ्रान्स , उपविजेता – ब्राजिल
२००२ : विजेता – ब्राजिल , उपविजेता – जर्मनी
२००६ : विजेता – इटाली , उपविजेता – फ्रान्स
२०१० : विजेता – स्पेन , उपविजेता – नेदरल्याण्ड्स
२०१४ : विजेता – जर्मनी , उपविजेता – अर्जेन्टिना
२०१८ : विजेता – फ्रान्स, उपविजेता – क्रोएसिया ।
प्रतिक्रिया