बिहीबार, वैशाख १३, २०८१

कोरोनाले आर्थिकसँगै साहित्यिक क्षेत्र पनि संकटमा पर्‍यो (भिडियोसहित)

काठमाडौं । कोरोनाका कारण २०७७ साल नेपाली साहित्य क्षेत्र पनि प्रभावित बन्यो । साहित्यसँग सम्बन्धित गतिविधि ठप्प प्राय: भए । यसै मेसोमा नेपालखोजले साहित्यकार, लेखक, सर्जक एवं पत्रकार अश्‍विनी कोइरालासँग संवाद गरेको छ ।

यस्तो छ उनको भनाइ :
गत वर्ष कोरोनाका कारण अन्य क्षेत्रलाई असर पुगेजस्तै साहित्य क्षेत्रमा पनि असर पुग्यो । सिर्जनाका हिसाबमा खासै प्रभाव नपारे पनि आर्थिक संकटमा यस क्षेत्रमा पनि परेको छ । समग्रमा आर्थिक र प्रकाशनमा केही असर पर्‍यो ।

यो वर्ष प्रविधिलाई प्रयोग गर्ने मौका मिल्यो । जुम अनलाइन र सामाजिक सन्जालमार्फत साहित्यिक गतिविधि भयो । प्रविधिको उच्च प्रयोग र सहित्यको मज्जा हुने बेग्लैपाटो हो । गोष्ठी हुने, कविता वाचन हुने, महोत्सव हुने त्यो पाटो भने कमजोर रह्यो ।

पुस्तक प्रकाशनमा पनि असर पर्यो । बिक्री र प्रकाशन हुन पाइपलाइनमा रहेका पुस्तकहरु र बजारमा लैजान तयार पारिएका गोदाममा रहेका पुस्तकहरु लगभग ६ महिना बिक्री हुन पाएन ।

भारतबाट छापिएर आएका केही पुस्तक बाटोमै रोकिए । लकडाउन खुकुलो भएपछि फोन अथवा अनलाइबाट केही पुस्तक बिके । वर्षको अन्तिममा तीन-चार महिना बजारमा पुस्तक सहज रुपमा बिक्री-वितरण भए । २०७७ सालमा साहित्यिक बजारमा विजयकुमारको खुसी राम्रो बिक्यो । र, सहित्यकारमा चाहिँ हरेक वर्ष खगेन्द्र संग्रौलाको भने चर्चा हुने गर्दछ ।

थप भिडियोमा हेरौं :

प्रतिक्रिया