शुक्रबार, वैशाख ७, २०८१

आफ्ना छोराछोरीलाई अरुसँग नदाँजौं (भिडियोसहित)

साना केटाकेटी र किशोर-किशोरीहरूका लागि निद्रा एकदमै चाहिन्छ र उनीहरू पर्याप्त मात्रामा सुतेको छ कि छैन त्यो कुराहरू पनि अभिभावकले ध्यान दिनुपर्छ ।

हाइलाइट्स :

– अभिभावकहरू चौबीसै घण्टा आफ्ना बालबालिकाको साथमै हुनुहुन्छ भने सर्वप्रथम आफूले कस्तो व्यवहार गरिरहेको छु त्यो कुरामा ध्यान दिनुपर्छ ।
– अभिभावकहरू आफैंले आफ्ना छोरा-छोरीहरूका अगाडि आफूले गरिरहेका कुराहरुलाई याद राख्न जरुरी छ ।
– अभिभावकहरूले आफू सामाजिक सन्जाल चलाइरहने, कम्प्युटरको अगाडि बसिरहने र छोराछोरीलाई एउटा कोठामा पढ्-पढ् भनेर थुन्दिनेजस्ता क्रियाकलाप गर्नु भएन ।
– साना बालबालिकाहरुसँग खेलीदिने, उनीहरूको कापी-किताबहरू चेक गर्ने, उनीहरूको होमवर्क गर्न सहयोग गर्नेजस्ता क्रियाकलापहरू पनि निकै महत्त्वपूर्ण हुन्छ ।
– बालबालिकाहरूलाई बिजी राख्न वा अनलाइन क्लासमै ग्याजेटहरू दिनुपर्छ भन्ने हिसाबले चाहिँ आफ्नो सजिलोका लागि अनलाइनमै व्यस्त बनाउन खोजिएको छ भने यस्तो कुराहरूमा ध्यान दिनुपर्छ ।

स्कुल/कलेज बन्द भएका बेला बालबालिकाको मनस्थिति बिग्रन नदिन अभिभावकले सावधानी अपनाउनुपर्छ ।

– बालबालिकालाई शारीरिक व्यायम हुने क्रियाकलापहरू र उनीहरूलाई शौख लाग्ने खेलहरूमा पनि संलग्न गराउनुपर्छ ।
– साना केटाकेटी र किशोर-किशोरीहरूका लागि निद्रा एकदमै चाहिन्छ र उनीहरू पर्याप्त मात्रामा सुतेको छ कि छैन त्यो कुराहरू पनि अभिभावकले ध्यान दिनुपर्छ ।
– विशेषगरी बालबालिकाको सकारात्मक कुरा भनीदिने, तारिफ गर्ने प्रोत्साहन गर्नु राम्रो हो । तर आफ्नो छोराछोरीलाई अरुसँग कम्पियर (दाँज्ने) नगर्नूहोला ।

प्रतिक्रिया