भारतीय मालवाहक सवारी रोक लगाउन माग
नेपालखोज
२०७६ पुष २७ गते ७:१०
२७ पुस, काठमाडाैं । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् ।
विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।
भारतबाट मालबस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालमा आउँदा नेपालीकाे रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित
प्रतिक्रिया