प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजीबीच छलफल जारी (भिडियोसहित)
काठमाडौं । एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ ।
विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ ।
२३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी कार्यसूची तय गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया